जापानका प्रधानमन्त्री फुमियो किशिदा दुईदिने भारत भ्रमणमा आए

डिसी नेपाल
६ चैत २०७९ १३:३२
16
Shares

काठमाडौं । जापानका प्रधानमन्त्री फुमिया किशिदा दुई दिने भ्रमणका लागि भारत पुगेका छन् । नयाँ दिल्ली विमानस्थलमा जापानी प्रधानमन्त्रीलाई केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले स्वागत गरेका छन् ।

यो भ्रमणमा किशिदाले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्नुका साथै जापानको इन्डो–प्यासिफिक रणनीतिबारे वक्तव्य दिनेछन् ।

समाचार एजेन्सी एएनआईका अनुसार दुवै प्रधानमन्त्रीले दिल्लीको बुद्ध जयन्ती पार्कमा रहेको बाल बोधि रुखको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

सन् २००६ देखि दुवै देशले वार्षिक सम्मेलन आयोजना गर्दै आएका छन् । पछिल्लो शिखर सम्मेलन मार्च २०२२ मा भएको थियो।

भ्रमणका लागि प्रस्थान गर्नुअघि जारी विज्ञप्तिमा किशिदाले आफ्नो भ्रमणका क्रममा स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रका लागि नयाँ योजना घोषणा गर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *