सुनिल नारायणले ७ ओभर बलिङ गरेर १ रन पनि नदिइ ७ विकेट लिए

डिसी नेपाल
६ चैत २०७९ १४:२८

काठमाडौं । इन्डियन प्रिमियर लिगको इतिहासमा सबैभन्दा सफल बलरमध्येका एक सुनिल नारायण यसपटक पनि दर्शकको नजरमा रहनेछन् । आईपीएल २०२३ सुरु हुनुअघि सुनिल नारायणले एक खेलमा आश्चर्यजनक बलिङ गरेका छन् । उनले खेलमा ७ ओभर बलिङ गरे जसमा सबै मेडेन थिए र यस क्रममा उनले ७ विकेट पनि लिए ।

सुनिल नारायणले वेस्ट इन्डिजमा खेलिरहेको स्थानीय प्रतियोगितामा यस्तो उपलब्धि हासिल गरेका हुन् । क्वीन्स पार्क क्रिकेट क्लबबाट खेल्दै सुनिल नारायणले क्लार्क रोड युनाइटेडलाई पराजित गरेका थिए । उनको अद्भूत उपलब्धीका कारण विपक्षी टोली पहिलो इनिङ्समा ७६ रनमै अलआउट भयो।

सुनिल नारायणले ७ ओभरमा ७ विकेट लिए र एक रन दिएनन् । उनी बाहेक शान ह्याकलेटले १८ रन दिएर २ विकेट लिए । क्लार्क रोडबाट सर्वाधिक रन बनाउने ब्याट्सम्यानको स्कोर २१ रन थियो । यस खेलमा क्वीन्स पार्कको टोलीले ३ विकेट गुमाएर २६८ रन बनाएर १९२ रनको अग्रता लिएको थियो ।

३४ वर्षीय सुनिल नारायणलाई आईपीएलको मिस्ट्री बलर भनिन्छ । उनले आफ्नो आईपीएल करियरमा अहिलेसम्म कुल १४८ खेल खेलेका छन् जसमा उनले १५२ विकेट लिएका छन्। सुनिल नारायणले आईपीएलमा ७ पटक ४ विकेट र एक पटक ५ विकेट लिएका छन् ।

यदि हामी अन्तर्राष्ट्रिय करियरको कुरा गर्छौं भने, उनले वेस्ट इन्डिजका लागि ६ टेस्टमा २१ विकेट, ६५ एकदिवसीयमा ९२ विकेट र ५१ टी-२० मा ५२ विकेट लिएका छन्। आईपीएल २०२३ मा उनी कोलकाता नाइट राइडर्सबाट खेल्दै देखिनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *