त्रिदेशीय फुटबलको तयारी पुरा, विजेतालाई ५ हजार डलर पुरस्कार

डिसी नेपाल
६ चैत २०७९ १७:१५

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । एन्फाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र ८ गतेदेखि १७ गतेसम्म हुने प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो ।

प्रतियोगितामा नेपाल, भुटान र लाओस सहभागी हुनेछन् । तीन राष्ट्रहरुले दशरथ रंशालामा सिंगल राउन्ड रोविन आधारमा खेल खेली उत्कृष्ट दुई राष्ट्रबीच फाइलन खेल खेलाइने एन्फाले जनाएको छ । प्रतियोगिता फिफा विन्डो अन्तर्गतका मितिहरुमा खेलिने एन्फा प्रवक्ता सुरेश शाहले जनकारी दिए ।

उनले प्रतियोगितामा प्रथम हुने राष्ट्रलाई ५ हजार अमेरिकी डलर, द्धितिय पुरस्कार तीन हजार अमेरिकी डलर, हरेक खेलको म्यान अफ द म्याचलाई २५० र प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई ५ सय गरि कुल ९ हजार ९ सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने शाहले बताए । प्रतियोगिताको अनुमानित बजेट १ करोड ७७ लाख ६८ लाख रुपैया रहेको उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले वरीयताकै आधारमा कसैलाई कमजोर भन्न नसकिने भन्दै आफूभन्दा कमजोर टिम भुटान र लाओसलाई आमन्त्रण गरिएको आलोचनाको बचाउ गरे ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् । प्रतियोगीताका लागि भुटान र लाओसको टीम नेपाल आइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *