होण्डाको टेक्नीशियन स्कील कन्टेष्ट २०२३ भब्यताका साथ सम्पन्न
काठमाडौं। होण्डाको होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ भब्यताका साथ सम्पन्न भएको छ।
होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसीयन हरुको सिप र दक्षता अभिवृद्धि गर्ने र बिक्री पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ हरेक वर्ष टेक्निसीयन स्की कन्टेष्ट सञ्चालन गर्ने गरेको छ।
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. सर्भिस डिभिजनको अगुवाईमा विभिन्न ५ वटा क्षेत्रिय प्रतियोगिता सम्पन्न गरी प्रत्येक क्षेत्र वाट २\२ जना छनोट भई राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका थिए र सो प्रतियोगिता होण्डाको ट्रेनिङ्ग सेन्टर ग्वार्को ललितपुरमा सम्पन्न भएको हो।
प्रतियोगिता अवधि भर सहभागी टक्निशियन हरु होण्डाको नियम तथा अनुशासन पालना गर्दै होण्डा स्ट्याडर्ट प्रोसिडियूर अन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए।
यस अघि विभिन्न मितिमा क्षेत्रिय प्रतियोगिता सम्पन्न गरेको र जस अन्तर्गत काठमाडौं बाट २ जना, बिराटनगर बाट २ जना, जनकपुुर बाट २ जना, पोखरा बाट २ जना र भैरहवा बाट २ जना प्रतियोगि हरु छनोट भई आएका थिए।
स्याकार ट्रेडिङ्ग कम्पनीले विगत देखि यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको छ। यस प्रकारको प्रतियोगिता बाट सहभागी टेक्निशियन हरुको कार्यदक्षता अभिबृद्धि हुनुको साथै आउँदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको छ।
प्रतियोगितामा प्रथम द्वितिय तथा तृतिय हुने प्रतियोगीहरुले नगद तथा प्रमाण पत्र प्राप्त गरेका थिए जस अन्तर्गत प्रथम पुरस्कार बज्रअटो महराजगन्जका केशव गजुरेल, द्वितिय पुरस्कार एसटीसी पोखराका झलेन्द ईटानि र तृतिय पुरस्कार नौदेवी मोटर्स् बिराटनगरका बिनोद शर्माले प्राप्त गरेका थिए साथै अन्य सहभागी हरुले प्रमाण पत्र प्राप्त गरेका थिए।
उक्त कार्यक्रममा विभिन्न अतिथी हरुको उपस्थीतीमा पुरस्कार तथा प्रमाणपत्र बितरण भएको थियो। नेपाल अटो मेकानिक्स ट्रेड युनियनका अध्यक्ष प्रदिप घिमीरे, नाडा नेपालका प्रकाश कपुरी लगायत स्याकार होण्डाका विभिन्न डिभिजन प्रमुख हरुको उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको थियो।
पुरस्कृत मेकानीकहरु तेश्रो हुनेले १५ हजार, दोश्रो हुनेले २० हजार र प्रथम हुने मेकानीकले ३० हजार नगद पुरस्कारका साथै प्रमाण पत्र प्राप्त गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment