चिप टाइकुनलाई चीनमा भ्रष्टाचारको आरोप

डिसी नेपाल
८ चैत २०७९ १२:३२

काठमाडौं । चीनको भ्रष्टाचार विरोधी निकायले चिप टाइकुन चाओ वेइगुओ विरुद्ध भ्रष्टाचारको आरोप लगाएको छ । देशको सेमीकन्डक्टर उद्योग संकटमा परेको बेला यी आरोपहरु आएका हुन् । चाओ कम्प्युटर चिप निर्माता सिङ्गुआ युनिग्रुपका पूर्व अध्यक्ष हुन्।

सरकारले सेमीकन्डक्टर उद्योगमा अर्बौं डलर लगानी गरेको भए पनि यो प्रस्ताव अलपत्र वा असफल भयो । यसपछि गत वर्ष यस उद्योगसँग आवद्ध धेरै व्यक्तिको भ्रष्टाचार अनुसन्धान सुरु भएको थियो । चाओ र सिङ्घुआ समूहले बीबीसीलाई प्रतिक्रिया दिएको छैन।

आफ्नो विज्ञप्तिमा, अनुशासन निरीक्षणका लागि केन्द्रीय आयोगले चाओले ‘ सरकारी कम्पनीलाई आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा प्रयोग गरेको’ आरोप लगाएको छ।

संस्थाले चाओले आफ्ना आफन्त र साथीहरूलाई नाफामुखी व्यवसायहरू हस्तान्तरण गरेको र उनीहरूले आफूसँग सम्बन्धित कम्पनीहरूबाट बजारभन्दा बढी मूल्यमा सामान र सेवाहरू किनेको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *