नेपाल भर्सेस लाओसः यस्तो छ सुरुवाती ११
काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा आज नेपालले लाओससँग खेल्दैछ । दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने खेलमा दुवै टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ ।
प्रशिक्षक भिंसेंजो अल्बर्टो एनेसेले सुरुवाती ११ मा अनुभवी खेलाडी भरत खवासलाई पनि समावेश गरेका छन् । खवासले नवयुग श्रेष्ठसँग अग्रपंक्तिमा खेल्नेछन् । अर्का फरवार्ड अन्जन बिष्ट भने चोटका कारण बाहिर रहेका छन् ।
नेपाल र लाओस ७ वर्षपछि आमानेसामने हुन लागेका हुन्। सन् २०१६ मा भएको सोलिडारिटी कपमा यी दुई टोली पहिलो पटक खेलेका थिए।
नेपाली टीम :
किरण चेम्जोङ, बिकास खवास, अनन्त तामाङ, नविन लामा, एरिक विष्ट, पुजन उपरकोटी, भरत खवास, नवयुग श्रेष्ठ, आयुष घलान, सनिश श्रेष्ठ, रोहित चन्द


No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment