नेपाल भर्सेस लाओस (फोटोफिचर)
काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार नेपालले लाओसविरुद्ध २-० गोलमा शानदार जित निकालेको छ।
दशरथ रङ्गशालामा भएको खेलको पहिलो हाफमा अग्रता लिएको नेपालले दोस्रो हाफमा अग्रतालाई दोब्बर बनाएको थियो।
नेपालका लागि खेलको ३० औँ मिनेटमा अनन्त तामाङले गोल गरेका थिए। नवीन लामाको कर्नरमा अनन्तले हडेमार्फत गोल गरेका हुन्। नेपालका लागि दोस्रो गोल नवयुग श्रेष्ठले दोस्रो हाफको ५६औं मिनेटमा गरेका हुन्।
नेपालले बुधबार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गरेको हो। दशरथ रङ्गशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुँदैछ।







तस्बिरः नवीन पौडेल\रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment