थ्री नेसन्स कपः लाओसविरुद्ध नेपालको शानदार जित

डिसी नेपाल
८ चैत २०७९ १९:५८
1.3k
Shares

काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार नेपालले लाओसविरुद्ध २-० गोलमा शानदार जित निकालेको छ। दशरथ रङ्गशालामा भएको खेलको पहिलो हाफमा अग्रता लिएको नेपालले दोस्रो हाफमा अग्रतालाई दोब्बर बनाएको थियो।

नेपालका लागि खेलको ३० औँ मिनेटमा अनन्त तामाङले गोल गरेका थिए। नवीन लामाको कर्नरमा अनन्तले हडेमार्फत गोल गरेका हुन्। नेपालका लागि दोस्रो गोल नवयुग श्रेष्ठले दोस्रो हाफको ५६औं मिनेटमा गरेका हुन्।

आजको खेलमा नेपाली राष्ट्रिय टोलीबाट चार खेलाडीले डेब्यु गरे । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले सनिश श्रेष्ठलाई सुरुवाती रोजाइमा डेब्यु दिएका थिए । त्यस्तै दोस्रो हाफमा मणि लामा, सुमित श्रेष्ठ र दीपक राज सिंह ठकुरीले पनि डेब्यु गरेको हुन् ।

नेपालले बुधबार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गरेको हो। दशरथ रङ्गशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *