भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी

डिसी नेपाल
९ चैत २०७९ ८:०२

मुम्बई। भारतीय गायक सोनु निगमको घरबाट ७२ लाख चोरी भएको छ। निगमको घरवाट भएको सो चोरीका मामिलामा उनका पुर्व ड्राइभर अगम कुमारलाई गिरफ्तार गरिएको छ।

गायककी बहिनी निकिताले मुम्बई प्रहरीमा उजुरी दिए पछि यो मामिला बाहिर आएको हो। अगमकुमार गायक निगमका आठ महिनासम्म ड्राइभर थिए, राम्रो काम नगरेको भनेर उनलाई केही समय अगाडी निकालिएको थियो।

निगमको डिजिटल लकरवाट अघिल्लो दिन ४० लाख हराएको थियो भने दोस्रो दिन ३२ लाख हराएको थियो। निगमको घरवाट ठुुलो रकमको पैसा हराए पछि सिसिटिभी फुटेज हेरिएको थियो, जहाँ अगमकुमारले दुवै पटक ठुलो झोला लिएर बाहिर निस्किएको देखिएको थियो।

पक्राउ परेका उनले डुप्लिकेट चाबी प्रयोग गरेर उक्त रकम चोरी गरेको प्रहरी समक्ष स्विकार गरेको बीबीसी हिन्दीले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *