सामारिकालाई फकाउन दुई भाईको प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

डिसी नेपाल
९ चैत २०७९ ११:०८
120
Shares

काठमाडौ । गायक राजेश पायल राईको स्वरमा ‘काली काली’ बोलको नयाँ गीत सार्बजनिक भएको छ। टी.एन आचार्यको शब्द रहेको गीतमा लक्ष्मण पोख्रेलले संगीत भरेका छन।

गीतमा गजित बिष्ट, गम्भीर बिष्ट र मोडल सामारिका ढकाल फिचर्ड छन। गजित र गम्भीर दुवै चल्तीका निर्देशक तथा कोरियोग्राफर हुन । गजितले चलचित्रमा समेत काम गरिसकेका छन। सम्बन्धले यी दुई दाजुभाइ पनि हुन। लामो अन्तरालपछि दुई दाजुभाइले एउटै गीतमा कम्मर मर्काएका छन।

लामो समयपछी गजित र गम्भीरले सहकार्य गरेको रोमान्टिक डान्सिङ भिडियोलाई निर्देशक सुरेन्द्र बसेलले निर्देशन गरेका हुन। टी.एन आचार्यले नै निर्माण गरेको गीतलाई विकास नेपालले कोरियोग्राफी गरेका छन्।

‘द प्रिमियर प्रोडक्सन’ बाट सार्बजनिक भएको भिडियोमा अशोक थापाको एरेन्ज, मनोज दङ्गोलको मिक्सिङ र दिनेश पराजुलीको सिनेमाटोग्राफी रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *