भारतीय कप्तान रोहित शर्माले अस्ट्रेलियासँग एकदिवसीय सिरिज हारेपछि कसलाई दोष दिए ?

डिसी नेपाल
९ चैत २०७९ १३:३५

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले तेस्रो तथा निर्णायक खेलमा अस्ट्रेलियासँगको हारपछि यसलाई ‘सामुहिक असफलता’ भनेका छन् ।

तेस्रो एकदिवसीयमा अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै २६९ रन बनाएको थियो तर भारतले त्यसलाई पच्छ्याउने क्रममा २१ रनले पछि रह्यो । रोहित शर्माले यो लक्ष्य धेरै ठूलो नभएको बताए ।

भारतले घरेलु मैदानमा चार वर्षपछि एकदिवसीय सिरिज गुमाएको छ । चार वर्षअघि पनि आरोन फिन्चको कप्तानीमा अस्ट्रेलियाले घरेलु मैदानमा भारतलाई हराएको थियो ।

खेलपछि कप्तान रोहित शर्माले भने, “मलाई लाग्दैन कि यो धेरै रन थियो। दोस्रो इनिङ्समा विकेट अलि चुनौतीपूर्ण थियो। तर मलाई लाग्दैन कि हामीले राम्रो ब्याटिङ गर्यौं। साझेदारी निर्माण गर्नु धेरै महत्त्वपूर्ण छ र हामीले ती आज निर्माण गर्न सक्षम भएनौं।”

उनले भने, “हामी जसरी आउट भएका थियौं… हामी यी मैदानहरूमा खेल्दै हुर्केका छौं। कहिलेकाहीँ तपाईंले आफैलाई मौका दिनुपर्छ। एक ब्याट्सम्यानले खेललाई अगाडि बढाउनु महत्त्वपूर्ण छ। हामी सबैले हाम्रो राम्रो दिने प्रयास गर्यौं तर यो हुन सकेन।”

तर, रोहित शर्माले यो वर्ष अन्य एकदिवसीयमा भारतले जितेको पनि उल्लेख गरेका छन् ।

उनले भने, “हामीले जनवरीदेखि खेलेका नौ एकदिवसीय खेलबाट धेरै सकारात्मक कुराहरू सिक्न सक्छौं। हामीले कहाँ सुधार आवश्यक छ भनेर बुझ्नुपर्छ। श्रेय अष्ट्रेलियालाई दिनु पर्छ। उनीहरूका स्पिनर र फास्ट बलर दुवैले दबाब सिर्जना गरे।”

यो जितसँगै अष्ट्रेलियाले तीन एकदिवसीय सिरिज २–१ ले जितेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *