एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक, नेपाल र ओमान एउटै समूहमा

डिसी नेपाल
९ चैत २०७९ १६:२३

काठमाडौं । एसियाली क्रिकेट काउन्सिलद्वारा आयोजित एसीसी प्रिमियर कपको खेलतालिका सार्वजनिक भएको छ । आगामी अप्रिल १८ देखि मे २ सम्म नेपालमा आयोजना हुने खेलमा नेपाल समूह ए मा परेको छ ।

एसीसीले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ए मा परेको छ । समूह ए मा नेपालसँगै ओमानसँगै मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

प्रिमियर कपमा एसियाका टेष्ट खेल्नेबाहेकका १० एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा र मुलपानी क्रिकेट मैदानमा हुने छन् । प्रिमियर कपको विजेता सिधै एसिया कपमा छनोट हुनेछ भने विजेतासहित शीर्ष तीन टोली एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *