उरुग्वेको युनिर्भसिटीका विद्यार्थीसँग मैत्रीपूर्ण फुटबल खेल सम्पन्न

डिसी नेपाल
९ चैत २०७९ १९:१२

काठमाडौँ । उरुग्वेको युनिर्भसिटीका विद्यार्थी र नेपालको ‘एट आइज ट्रावल्स’बीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । उरुग्वेबाट आएका युनिर्भसिटीका विद्यार्थीको टिमले नेपालको एट आइज ट्रावल्स एण्ड टुरलाई २—० गोलको अन्तरको जित निकाल्न सफल भएको हो ।

च्यासलको खेल मैदानमा भएको खेलमा युनिर्भसिटीका खेलाडी मार्कस रिबेरिवनले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्येसैगरी खेलको अन्त्यमा उरुग्वे युनिर्भसिटीका अर्का खेलाडी ग्यास्टन फेरीग्डोले खेलको ६५ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

नेपालको ‘एट आइज ट्रावल्स एण्ड टुर’ खेलकुद टिमलाई अर्जुन थापा मगरले नेतृत्व गरेका थिए भने टिम प्रशिक्षक जुनियर फुटबल एकेडेमीका प्रमुख प्रशिक्षक प्रज्ज्वल प्रताप क्षेत्रीले प्रशिक्षकको कार्यभार संहालेका थिए ।

मैत्रीपूर्ण फुटबल खेललाई एट आइज ट्रावल्स एण्ड टुरले आयोजना गरेको थियो । खेल निकै रोमाञ्चक र भव्य भएको थियो । खेल अवधिभर नै दुबै तर्फका खेलाडीहरूले बल आफ्नो नियन्त्रणमा राखेर धेरै अवसरहरू सिर्जना गर्न सफल भए तापनि खेलको अन्तिममा २—० गोलको अन्तरले उरुग्वेबाट आएका युनिर्भसिटीका विद्यार्थीहरूको समूह विजयी भएको थियो ।

उरुग्वेबाट आएका युनिर्भसिटीका विद्यार्थीहरूले खेलका क्रममा एनफा रेफ्रीबाट पाँचवटा पहेँलो कार्ड पाएको थिए भने नेपालको ‘एट आइज ट्रावल्स एण्ड टुर’ ले एउटा पहेँलो कार्ड पाएका थिए । सन् २०१५ बाट हरेक वर्ष आयोजना गर्दै आएको मैत्रीपूर्ण फुटबल खेलबाट नेपाल र उरुग्वे बिचको सम्बन्ध अझ राम्रो हुने अनि नेपालको पर्यटन विकासमा पनि टेवा पुग्ने आशा रहेको एट आइज ट्रावल्स एण्ड टुरका प्रवन्धक नविन गुरुङले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *