‘बिहे पास’ को रोचक ट्रेलर सार्वजनिक

डिसी नेपाल
१० चैत २०७९ १८:०४

काठमाडौं । फस्र्टलुक,टिजर र गीतका कारण प्रतिक्षित बनेको फिल्म ‘बिहे पास’ को ट्रेलर सार्वजनिक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर करिब ३ मिनेट लामो ट्रेलर निकै रोचक देखिएको छ । नयाँ वर्ष ०८० को अवसरमा बैशाख १ गते प्रदर्शन हुने फिल्मको निर्देशन प्रवेश पौडेलले गरेका हुन् ।

आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित फिल्ममा दयाहाङ र प्रकृतिलाई प्रेमीप्रेमीका हुदै पतिपत्नी बनेकोसम्म देखाइएको छ । कमेडी,सेन्टिमेन्टस र सस्पेन्सले भरिभराउ लाग्ने ट्रेलरलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।

रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेको फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई,बिशाल पहाडी,सुवास गजुरेल,हिउँवाला गौतम,रुषा न्यौपाने,नवीन शेरचन,उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । शिब ढकालले खिचेको फिल्मका गीतमा प्रबेश मल्लिकको संगीत,डिपी खनालको गीत,शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ ।

रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्म मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर,आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् ।

रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता,रोजन श्रेष्ठ निर्माता,ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्म दर्शकलाई नयाँ वर्षको उपहार स्वरुप प्रदर्शन गर्न लागेको निर्माण पक्षले. जनाउदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *