बलिउड निर्देशक प्रदीप सरकारको निधन, बलिउड शोकमा

डिसी नेपाल
११ चैत २०७९ १०:३०

काठमाडौं । चलचित्र निर्माता प्रदीप सरकारको निधन भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार शुक्रबार अपराह्न ४ बजे उनको अन्तिम संस्कार गरिएको छ । उनी ६७ वर्षका थिए र लामो समयदेखि मृगौलाको समस्याबाट पीडित थिए ।

फिल्म निर्देशक हंसल मेहताले ट्विट गर्दै प्रदीप सरकारको निधनमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अभिनेता अजय देवगनले पनि श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन्, ‘प्रदीप सरकार, हामीमध्ये कसैलाई ‘दादाको निधन’को खबर पत्याउन गाह्रो हुन्छ । उहाँको परिवारमा मेरो गहिरो समवेदना।’

प्रदिप सरकार परिणिता, मर्दानी, लगा चुनरी मे दाग र हेलिकप्टर ईला जस्ता चलचित्र निर्देशनका लागि परिचित छन् ।

उनलाई उत्कृष्ट कला निर्देशकको लागि फिल्मफेयर पुरस्कारबाट पनि सम्मानित गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *