चौथो ओएसनेपाल म्युजिक अवार्डको आवेदन खुल्ला
काठमाडौं। तपाईं गीत संगीतलाई हृदयदेखि नै सम्मान र माया गर्ने स्रष्टा हो भने तपाईका लागि खुसीको खबर छ। सांगीतिक स्रष्टाहरूलाई सम्मान र प्रोत्साहन स्वरूप चौथो ‘ओएसनेपाल म्यूजिक अवार्ड-२०८०’ आयोजना गर्न लागिएको हो।
‘नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान’ भन्ने मूल नारा सहित आयोजना गरिएको यस अर्वाडमा ६१ विद्या रहने छन्। जसमा सहभागिता जनाउन देश विदेशबाट सजिलै फारम भर्न सकिनेछ।
अवार्डमा भाग लिँदा २०७८ बैशाख २ गतेदेखि २०८० वैशाख २ गतेभित्र बजारमा आएका गीत, संगीत हुनुपर्नेछ। एप्लिकेसन पाटनर नेपालको पहिलो कमिनिटी एप्लिकेसन नेपाली पात्रोसँगको हुनेछ।
अवार्ड र फारम सम्बन्धी थप जानकारीका लागि ९८४९२८११८८ नम्बर वा ओएस नेपालको कार्यालयमा सम्पर्क गर्न सकिनेछ। फारम भर्नुअघि शर्तहररूलाई भने मुख्य रूपमा पालना गर्नुपर्नेछ। अवार्डमा निर्णायक र जुरीको निर्णय नै अन्तिम हुनेछ।


No ads found for this position


डिसी नेपाल
Facebook Comment