राइनास नगरपालिकाले किसानलाई गोठ सुधारमा ५० प्रतिशत अनुदान दिने

डिसी नेपाल
१२ चैत २०७९ १०:३४

लमजुङ  । राइनास नगरपालिकाले पशुपालक किसानलाई गोठ सुधार कार्यक्रममा ५० प्रतिशत अनुदान दिने भएको छ ।

उक्त कार्यक्रमको लागि नगरपालिकाले चालु आर्थिक वर्षकमा १२ जना गाइभैंसी पालक किसानलाई अनुदानको लागि छनौट गरेको छ ।

कम्तिमा पनि ३ वटा दुहुनो गाइभैंसी पालेका किसानलाई गोठ सुधारमा सहयोग गर्ने नगरपालिकाले जनाएको छ । व्यवसायीक रुपमा गाइभैंसी पालन गर्दै आएका, पशुफर्म दर्ता गरि नगरपालिकामा सुचिकृत भएका किसानबाट आवेदन माग गरिएको नगरपालिका पशु शाखा प्रमखु शिवबावु देवकोटाले बताए । एकजना किसानलाई गोठ सुधारका लागि नगरपालिकाले ४० हजार रुपैयाँ अनुदान दिइनेछ । गोठसुधार कार्यक्रम नगरपालिका र कृषकको ५०/५० प्रतिशत साझेदारी रहने छ ।

उक्त कार्यक्रमका लागि नगरपालिकामा ३८ जना कृषकले आवेदन दिएका थिए ।

आवेदन परेका पशुफर्मको अनुगमन समितिले स्थलगत अध्ययन गरि १२ जना कृषकलाई छनौट गरेको नगरपालिकाले जनाएको छ । गतवर्ष कुनैपनि अनुदानको कार्यक्रममा सहभागी नभएका, परम्परागत भन्दा पनि व्यवसायीक रुपमा, पशुफर्म दर्ता गरि नगरपालिकामा सुचिकृत भएका किसानलाई पहिलो प्राथमिकतामा राखेर अनुदानका लागि छनौट गरिएको नगर प्रमुख खड्गबहादुर गुरुङले बताए ।

गोठ सुधार कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ५ लाख बजेट बिनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताए ।
नगरपालिकाले चालु आर्थिक वर्षमा गोठ सुधार, काउ म्याट वितरण, च्यापकटर, क्यान वितरण, मासु पसल सुधार कार्यक्रम, लोकलकुखुरा संरक्षण लगाएतमा अनुदान दिएको सुयलले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *