रोनाल्डोको दुई गोलसँगै पोर्चुगल लक्जमबर्गसँग ६-० को जीतमा

डिसी नेपाल
१३ चैत २०७९ ८:३७
508
Shares

काठमाडौं। युरो-२०२४ छनोट प्रतियोगितामा पोर्चुगलले लक्जमबर्गलाई ६-० ले हराएको छ। जुन जीतमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका छन्। कतार विश्वकपपछि पोचुगलको यो लगातार दोस्रो जित हो। यसअघि पोर्चुगलले छनोट प्रतियोगितामा लिचेस्टाइनलाई ४-० ले हराएको थियो।

पहिलो हाफमा रोनाल्डोले नवौँ मिनेटमा गरेको गोलबाट पोर्चुगलले अग्रता लिएको थियो भने १५औँ मिनेटमा जोओ फेलिक्सले पोर्चुगलको अग्रतालाई दोब्बर बनाइदिए।

पोर्चुगलको गोलको बर्षा गर्ने क्रम रोकिएन, पुनः १८औँ मिनेटमा बर्नार्डो सिल्भाले तेस्रो गोल गरे भने ३१औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेर पहिलो हाफमा नै खेल ४-० को स्थीतिमा पुग्यो।

उता, दोस्राे हाफको ७७औँ मिनेटमा ओटाभियोले थप गोल गरे भने त्यसको १० मिनेट पछि अर्थात ८९औँ मिनेटमा राफेल लियोले अर्को गोल थपेर अन्ततः खेल ६-० को अवस्थामा रहन पुग्यो।

जितसँगै छनोट प्रतियोगिताको समूह ‘जे’ मा पोर्चुगल शीर्ष स्थानमा छ। पोर्चुगलले ६ अंक जोडेको छ भने एक अंक जोडेको लक्जमबर्ग पाँचौँस्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *