कलाकार दुर्गेश थापाविरुद्ध उजुरी

डिसी नेपाल
१३ चैत २०७९ १२:४४

काठमाडौं । कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । रिदम क्षेत्री नामका युवाले महानगरीय प्रहरी वृत्तमा दुर्गेशले आफुलाई कुटपिट गरेको र सिक्रि समेत लुटेको भन्दै उजुरी दिएको वृत्तका डिएसपी अंगुर जिसीले बताए ।

शनिबार टोखास्थित भूतखेल ग्राउन्डमा आफूमाथि थापासहितका ३ जनाले कुटपिट गरेको क्षेत्रीको आरोप छ । वृत्तका डीएसपी जिसीले दुवै पक्षलाई बोलाएर छलफल गर्ने तयारी भएको र दुर्गेशले आफू उपत्यका बाहिर भएकोले भोलि मंगलबार आउँछु भनेको बताए । दुर्गेश यसअघि पनि विवादमा पर्दै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *