भारतीय क्रिकेटरको ग्रेडिङ सार्वजनिक, ४ खेलाडीले ७ करोड पारिश्रमिक पाउने

डिसी नेपाल
१३ चैत २०७९ १५:४७

काठमाडौं । बीसीसीआईले सन् २०२२-२३ को लागि खेलाडीहरुको वार्षिक सम्झौता सार्वजनिक गरेको छ । यो सम्झौतामा कुन खेलाडी कुन ग्रेडमा हुने र कसले कति पैसा पाउने भन्ने कुरा बताइएको छ ।

यो सम्झौता क्रिकेटको सिनियर पुरुष टोलीका लागि हो र यसको अवधि अक्टोबर २०२२ र सेप्टेम्बर २०२३ बीचको हो। ‘ए प्लस’ श्रेणीका खेलाडीलाई ७ करोड, ‘ए’ श्रेणीका खेलाडीलाई ५ करोड, ‘बी’ श्रेणीका खेलाडीलाई ३ करोड र ‘सी’ श्रेणीका खेलाडीलाई १ करोड रुपैयाँ दिइने छ ।

७ करोड पाउने ए प्लस ग्रेडमा रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजा छन् । यस्तै ५ करोड पाउने ए ग्रेडमा हार्दिक पाण्ड्या, आर अश्विन, मोहम्मद शमी, ऋषभ पन्त र अक्षर पटेल छन् ।

बी ग्रेडमा चेतेश्वर पुजारा, केएल राहुल, श्रेयस अय्यर, मोहम्मद सिराज, सुर्यकुमार यादव र शुभमन गिल छन् । यो ग्रेडका खेलाडीले ३ करोड पाउनेछन् । यस्तै सी ग्रेडमा उमेश यादव, शिखर धवन, शार्दुल ठाकुर, इशान किशन, दिपक हुड्डा, युजवेन्द्र चहल, कुलदीप यादव, वासिङ्टन सुन्दर, सञ्जु सैमसन, अर्शदीप सिंह र केएस भरत छन् । सं ग्रेडका खेलाडीले १ करोड पाउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *