कोशीले मधेस प्रदेशलाई दियो १०६ रनको लक्ष्य
काठमाडौँ। राजधानीमा जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि १०६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँँदै १०५ रनको योगपफल बनायो। कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३९ रनको योगदान दिइन् । उनले ३८ बल खेल्दै छ चौकाको मद्दतमा ३९ रन बनाइन्।
त्यसैगरी काजल श्रेष्ठले २२, अप्सरी बेगमले १९ तथा स्मृति कटुवालले १० रन बनाइन्। बलिङतर्फ मधेश प्रदेशकी सन्तोषी चौधरी, अमिरन निसा र अमिसा पटेलले समान दुई/दुई विकेट लिए।
आजको खेलमा कोशी प्रदेश विजयी भए फाइनलमा पुग्नेछ। मधेस प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment