ओलीले गरे गुल्मीमा सडक उद्घाटन

डिसी नेपाल
१४ चैत २०७९ १९:४६
144
Shares

गुल्मी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नारासँगै विकासको अभियान सुरु भएको बताएका छन्। उनले यो अभियानसँगै ग्रामीण क्षेत्रमा विकासका कामले गति लिएको धारणा व्यक्त गरे।

गुल्मीको छत्रकोट गाउँपालिका–४ अन्तर्गत पिपलनेटा, धरमपानी, मानकोट, दौघा, हुँदै अर्घाखाँचीको फर्सा टाकुरा जोड्ने सडकखण्ड उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा उनले एमाले सरकार हुँदा नागरिकले आशा गर्न लायक थुप्रै विकास निर्माणका काम सुरु गरेको बताए।

अध्यक्ष ओलीले एमाले देशको विकास निर्माणमा जनतासँग रहेको भन्दै सञ्चालित योजनालाई पूर्णताः दिन आफूहरुको सहयोग रहने प्रतिबद्धता जनाए।

उक्त सडक प्रदेश समपूरक कोषअन्तर्गत रु दुई करोड तीन लाख ८० हजार लागतमा पुष्पाञ्जली शङ्कर जेभी तम्घासले निर्माण गरेको छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए।

गुल्मी, पाल्पा र अर्घाखाँची जोड्ने १७ किलोमिटर सडकखण्डअन्तर्गत पहिलो चरणमा पिपलनेटा घडेरीटोला खण्ड कालोपत्रे गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिए।

विसं २०४९\५० मा पहिलो ट्र्याक खोलिएको उक्त सडक छत्रकोट गाउँपालिकाभित्र रहेका आन्तरिक सडकमध्ये पहिलो कालोपत्रे सडक हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *