एपिएफले कोशी प्रदेशलाई दियो १५५ रनको लक्ष्य

डिसी नेपाल
१६ चैत २०७९ १२:५३
40
Shares

काठमाडौँ। ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले कोशी प्रदेशलाई एक सय ५५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाएर एक सय ५४ रन बनायो। एपिएफकी कप्तान सीता राना मगरले सर्वाधिक ७९ रनको योगदान दिइन्। उनले ६८ बलमा नौ चौका र दुई छक्का प्रहार गरिन्। इन्दु बर्माले ५१ रनको योगदान दिइन्।

बलिङतर्फ कोशी प्रदेशकी अलिसा खडियाले एक विकेट लिइन्। यसअघि एपिएफले समूह चरणको खेलमा कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो। कोशी प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *