तुलसीपुर उपमहानगरबाट बजेट माग्ने तर काम गर्न नदिने प्रवृत्ति बढ्दै

डिसी नेपाल
१६ चैत २०७९ १३:२४
28
Shares

दाङ । तुलसीपुर उपमहानगरपालिका बाट बजेट माग्ने तर विकास गर्दा विवाद गर्ने प्रवृति बढ्दै गएको छ ।  पहिले विकासका लागि बजेट माग्ने र पछि बजेट परेपछि विकास गर्न नदिने प्रवृति बढेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताइन्।

“पहिले बजेट चाहियो भन्नुहुन्छ, हामीले बजेट हाल्दिन्छौँ”,उनले भनिन्,“बजेट परेपछि कसैले जग्गा दिदैँनौँ भन्नुहुन्छ, कसैले केही भन्नुहुन्छ, अनि विकास रोकिन्छ ।” पछिल्लो समय उपमहानगरपालिकाको न्यायिक समितिमा यस्ता धेरै विवाद आउने गरेको उनको भनाइ छ ।

दैनिक चार÷पाँचवटा यस्ता मुद्दा आउने गरेको उहाँको भनाइ छ ।“आजभोलि दिनदिनै यस्ता केश हामीकाहाँ आउने गरेका छन्”,उनले भनिन्“दैनिक ४÷५ वटा केशहरु मिलाएर पठाउने गरेका छौँ ।” विकासमा कोही पनि बाधक हुन नहुँने उनको भनाइ छ । स्थानीयले सहयोग नगर्दा धेरै ठाउँमा सडक बीचमा रुख हुने, पोल हुने जस्ता समस्याहरु रहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *