लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता हुँदै

डिसी नेपाल
१९ चैत २०७९ १०:२६
56
Shares

लुम्बिनी। अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित यही चैत २३ गते बुद्ध जन्मस्थल लुम्बिनीमा पुरुष तथा महिला खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित सो प्रतियोगिताको पुरस्कार रु एक लाख ५० हजार राशि रहेको छ। शान्ति भूमि लुम्बिनीमा २१ किलोमिटर हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए।

लुम्बिनीको मायादेवी मन्दिर, शान्ति दीपलगायतका क्षेत्रलाई मध्यभागमा पारी २१ किमी परिक्रमा गरिने जनाइएको छ। प्रतियोगिताका विजेताले पुरुषतर्फ रु एक लाख ५० हजार र महिलातर्फ रु एक लाख ५१ हजार पुरस्कार राशि राखिएको उनले बताए।

यसैगरी पुरुष तथा महिला दुवैतर्फका द्वितीयलाई रु ७५ हजार, तृतीय स्थानलाई रु ५० हजार, चौथो स्थानका लागि रु ३० हजार र पाँचौँ स्थानका लागि रु २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगितामा देशका जुनसुकै स्थानका कुनै पनि उमेर समूहका खेलाडीले खुलारूपमा प्रतिस्पर्धा गर्न पाउने कार्यक्रमका संयोजक मोहनबहादुर घलेले जानकारी दिए। म्याराथन प्रतियोगिताका लागि यही चैत २० गतेसम्म दर्ताको अन्तिम मिति रहेको छ भने चैत २२ गते स्वास्थ्य परीक्षण हुनेछ।

एकेडेमीले सोही दिन राष्ट्रिय भेलाको समेत आयोजना गर्ने भएको छ। भेलामा ७७ वटै जिल्लाका सबै स्थानीय तहबाट प्रतिनिधि सहभागी हुने जनाइएको छ। भेलामा विभिन्न खेल विधाका प्रदर्शन र विभिन्न कला, संस्कृति झल्कने नृत्य प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *