म्यानचेस्टर युनाईटेड पराजित
काठमाडौँ। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले हार बेहोरेको छ। घरेलु टोली न्यूक्यासल युनाइटेडसँग म्यान्चेस्टर २–० ले पराजित भएको हो।
सेन्ट जेम्स पार्क न्यूक्यासलमा आइतबार राति भएको खेलको ६५औं मिनेटमा जोसेफ विललकले गोल गरेपछि न्युक्यासलले १–० अग्रता लियो भने ८८औं मिनेटमा न्युक्यासलका कलुम विल्सनले गोल गर्दै म्यानचेस्टरलाई २–० को पराजय भोगाए। विल्सनले काइरन ट्रिपिएरको पासमा हेडरमार्फत गोल गर्न सफल भएका थिए।
यस जितसँगै न्यूक्यासल २७ खेलबाट ५० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ भने पराजित युनाइटेडको ५० अंकका साथ चौथो स्थानमा झरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment