घरेलु मैदानमा पिएसजीको दोस्रो हार

डिसी नेपाल
२० चैत २०७९ ९:३६
632
Shares

काठमाडौँ। स्टार खेलाडीहरुले भरीपुर्ण पेरिस सेन्ट जर्मन (पिएसजी) ले अर्को पराजय भोग्नु परेको छ। फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पिएसजी घरेलु मैदानमै लियोनसँग १–० ले पराजय भोग्नु परेको हो।

पिएसजीलाई हारमा ब्राडले बारकोलाले गरेको गोल निर्णायक बन्यो। उनले ५६औं मिनेटमा साइल कुमबेडीको पासमा गरेकाे गोल जीतका लागि काफी बन्न पुग्याे। पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा घरेलु टोली पिएसजीले पाहुना टोलीमाथि दवाव बढाए पनि गोल गर्न नसक्दा समग्र खेलमा दोस्रो पराजय बेहोर्नु परेको हो। पिएसजी यसअघि रेनेससँग २–० ले पराजित भएको थियो।

यस जितसँगै लियोन २९ खेलबाट ४४ अंक जोडेर नवाैं स्थानमा उक्लिएको छ भने पिएसजीले शीर्ष स्थानमा कायमै राखे पनि पराजयसँगै अग्रता बढाउनबाट भने चुकेको छ। शीर्षस्थानमा रहेको पिएसजीको २९ खेलबाट ६६ अंकमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *