के साउदी अरेबियाको यो निर्णय ऊ पूर्ण परिवर्तन भएको संकेत हो ?
काठमाडौं । विज्ञहरूले साउदी अरेबिया र यसका सहयोगीहरूले तेल उत्पादनमा धेरै प्रकारले कटौती गर्ने अचानक गरेको निर्णयलाई हेरिरहेका छन्।
अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले साउदी अरबका युवराज मोहम्मद बिन सलमानले अब अमेरिकाको कुरा नसुन्ने र राष्ट्रवादी ऊर्जा नीति अन्तर्गत अगाडि बढिरहेको लेखेको छ ।
डब्ल्यूएसजेले लेखेको छ कि युवराजले साउदी अरबको विदेश नीतिलाई नयाँ दिशा दिइरहेका छन्। साउदी अरेबियाको तेल उत्पाउन कटौतीको निर्णय स्तब्ध पार्ने खालको छ।
आइतबार साउदी अरेबियाले तेल उत्पादनमा कटौतीको घोषणा गरेपछि सोमबार कच्चा तेलको मूल्य एकै दिनमा ६.३ प्रतिशतले बढेर तेलको मूल्य प्रति ब्यारेल ८४.९३ डलर पुगेको थियो ।
डब्लुएसजेले लेखेको छ कि छ महिना भन्दा कम समयमा, साउदी अरेबियाले दोस्रो पटक अमेरिकी चिन्तालाई बेवास्ता गरेको छ।
युक्रेन युद्धका कारण तेलको मूल्य नबढोस् भन्ने अमेरिकाले लगातार प्रयास गरिरहेको छ किनकि र बढ्यो भने रुसलाई सहयोग हुनेछ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन यही सोच लिएर गत वर्ष जुलाईमा साउदी अरब गएका थिए तर साउदीले यस विषयमा कुनै सहयोग गरेन ।
आइतबार तेल उत्पादन कटौती गर्ने निर्णय गरेर साउदी अरेबियाले तेलबाट नाफा कमाउन जे पनि गर्ने संकेत गरेको विज्ञहरू बताउँछन्।
विश्लेषकहरूका अनुसार युवराज मोहम्मद बिन सलमानले ‘साउदी फर्स्ट’ को नीति अपनाइरहेका छन् । मध्यपूर्वबाट अमेरिका बाहिरिन खोजेको भन्दै साउदीले आफ्नो सुरक्षाका विषयमा आफैँ सम्हाल्न थालेको बताइएको छ ।
डब्लुएसजेले लेखेको छ, “साउदी अरब अब अमेरिकाको तुष्टीकरणको लागि काम गर्न तयार छैन। यदि अमेरिकाले अब साउदी अरेबियालाई कुनै अनुरोध गरेमा उसले आफ्नो हितलाई बेवास्ता गर्दैन।”
अमेरिकी अधिकारीहरूले साउदी अरेबियाको यो निर्णय अचम्मको कुरा नभएको तर यो निर्णयलाई न्यायोचित भन्न नसकिने बताएका छन्। यसका बाबजुद पनि अमेरिकाले साउदी अरब महत्वपूर्ण साझेदार भएको बताउँदै आएको छ ।
साउदी अरेबियाको कटौतीको घोषणापछि लगानी बैंकिङ कम्पनी गोल्डम्यान साक्सले तेलको मूल्य प्रति ब्यारेल १०० डलर पुग्न सक्ने अनुमान गरेको छ ।







डिसी नेपाल







Facebook Comment