रुसको मामिलामा अमेरिकाले जापानलाई यस्तो छुट किन दियो ?

डिसी नेपाल
२१ चैत २०७९ १६:५९
428
Shares

काठमाडौं । अमेरिकाले युरोपमा आफ्ना सहयोगीहरूसँग रुसी तेल खरिदमा प्रति ब्यारेल ६० डलरको मूल्य सीमा तोकेको छ । तर अमेरिकाको सबैभन्दा नजिकको सहयोगी जापानले रुसबाट क्यापभन्दा बढी मूल्यमा तेल खरिद गरिरहेको छ।

अमेरिकी अखबार वाल स्ट्रीट जर्नलको रिपोर्टका अनुसार अमेरिकाले जापानलाई अपवादका रूपमा यो छुट दिएको छ । जापानलाई रुसी उर्जा चाहिन्छ भनेर भनिएको छ ।

डब्लुएसजेले लेख्यो, “जापानको छुटले रूसी जीवाश्म ईन्धनमा निर्भरताको हद देखाउँछ। तर, अर्कोतर्फ युरोपेली देशहरूले रुसी तेलमाथिको आफ्नो निर्भरता निरन्तर घटाउँदै आएका छन् । जापान एक मात्र जी-७ देश हो जसले युक्रेनलाई घातक हतियार प्रदान गर्दैन। जापानका प्रधानमन्त्री फुमियो किशिदाले गत महिना मात्रै युक्रेनको भ्रमण गरेका थिए । यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङ रुसको भ्रमणमा गएका छन् ।

यस वर्ष जी-७ को अध्यक्षता जापानले गरिरहेको छ र जी-७ शिखर सम्मेलन मे महिनामा हिरोशिमामा हुँदैछ।

प्रधानमन्त्री किशिदाले आफू युक्रेनको स्वतन्त्रता र सार्वभौमसत्ताप्रति अडिग रहेको बताएका छन् । जापानले युक्रेनलाई सहयोग गर्ने र त्यहाँ हतियार नपठाउने काम आफ्नो मन्त्रिपरिषद्को नियम अनुसार भएको बताएको छ ।

रूसी तेलमा जी-७ द्वारा लगाएको मूल्य क्याप काम गरिरहेको छ। अमेरिकाका सहयोगी नभएकाहरूलाई पनि रुसबाट तेल किन्न बीमा र अन्य सेवाहरू चाहिन्छ र यी सबै कम्पनीहरू अमेरिकी वा उसका सहयोगी हुन्।

जी-७, इयु र अष्ट्रेलियाले प्रति ब्यारेल ६० डलर भन्दा बढी तिर्ने देशहरूको बीमा गर्ने कम्पनीहरू विरुद्ध कारबाही गर्ने सहमति भएको छ।

जी-७ विश्वका धनी देशहरूको समूह हो। यसमा अमेरिका, जापान, जर्मनी, बेलायत, फ्रान्स, इटाली र क्यानडा रहेका छन् । इयु पनि जी-७ को यो योजनाको साथ उभिएको छ। चीन र भारतले रुसबाट सस्तो तेल किन्न नपरोस् भन्ने जी-७ देशहरू चाहन्छन्।

भारत विश्वको दोस्रो ठूलो तेल आयात गर्ने देश हो। भारतले पहिले नै मूल्य क्यापको बारेमा कुरा गर्दै आएको छ। तर अत्याधिक बढेको मूल्यमा भारतले सस्तो तेल रोक्ने कुरा गर्दैन । युक्रेनमा रुसले आक्रमण गर्नुअघि भारतले आफ्नो आवश्यकताको एक प्रतिशत तेल रुसबाट लिने गरेको थियो ।

रुसले फेब्रुअरी महिनामा युक्रेनमा आक्रमण गरेको थियो । भारतको कुल तेल आयातमा रुसको हिस्सा अप्रिलमा ८ प्रतिशत र मेमा १८ प्रतिशतमा पुगेको छ । रुसबाट भारतको तेल आयात जुलाईदेखि घट्यो तर यो गिरावट भारतको समग्र तेल आयातमा थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *