अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई औपचारिक रुपमा गिरफ्तार गरेर प्रहरी हिरासतमा राखिएको छ। उनीमाथि ३४ आरोप लागेका छन्। आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन्।
ट्रम्पले भने आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गरेका छन्। ट्रम्पले स्टोर्मी ड्यान्यल्स नामक पोर्न स्टारलाई ठूलो रकम दिएकोबारे झुटो विवरण उल्लेख गरेको भन्दै लगाइएका विभिन्न अभियोगहरूमा आफू दोषी नरहेको दाबी न्यूयोर्कस्थित एउटा अदालतमा गरेका थिए।

सन् २०१६ को उक्त घटनामा मंगलवार उनीविरुद्ध ३४ वटा फेलनी अर्थात् गम्भीर अपराधका अभियोगहरू लगाइएको छ।
उनले मंगलबार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए। दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर गएका थिए। कार चढ्नुअघि उनले सञ्चारकर्मीहरूतिर फर्केर क्यामरातर्फ हेर्दै हात हल्लाएका थिए।

म्यानहटनस्थित अदालतको १५ औँ तलामा उनीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो। मंगलबार दिउँसो २:१५ देखि अदालती सुनुवाइ भएकोमा साढे १ बजे ट्रम्प अदालत पुगेका थिए।

अदालती सुनुवाइअघि सोमबार नै न्यूयोर्कस्थित ट्रम्प टावरमा पुगेका थिए। उनले सो रात त्यहीँ बिताए।

अदालतभित्र छिरिसकेपछि उनले अधिकारीहरूसमक्ष आत्मसमर्पण गरे अनि उनीविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढेको थियो। पक्राउपछि उनलाई हतकडी भने लगाइएको थिएन।

सुनुवाइका क्रममा ट्रम्पले ३ पटक मात्रै बोलेका थिए। दुईपटक उनले आरोप अस्वीकार गरे भने तेस्रोपटक प्रतिवादीका रूपमा आफ्नो अधिकार सुनिश्चित गर्न अदालतसँग माग गरे। उनी दोषी ठहर भएमा बढीमा चार वर्षको जेल सजाय भोग्नुपर्नेछ।
हेर्नुहोस् भिडियो:







डिसी नेपाल







Facebook Comment