९२ वर्षीय रुपर्ट मर्डोकले पाँचौं विवाह गर्दै छैनन् ? रिपोर्टमा इंगेजमेन्ट टुटेको दाबी
काठमाडौं । मिडिया टाइकुन रुपर्ट मर्डोक र उनकी प्रेमिका एन लेस्ली स्मिथले आफ्नो इन्गेजमेन्ट रद्द गरेका छन्। केही साताअघि दुवैले आफ्नो सम्बन्धलाई अगाडि बढाउने घोषणा गरेका थिए । एक रिपोर्टमा यो दाबी गरिएको छ ।
भ्यानिटी फेयर म्यागजिनले ९२ वर्षीय मर्डोकको नजिकको स्रोतलाई उद्धृत गर्दै रुपर्ट आफ्नी प्रेमिका स्मिथको धार्मिक दृष्टिकोणबाट असहज भएको बताएको छ।
गत वर्ष आफ्नी चौथी श्रीमतीबाट अलग भएका रुपर्ट मर्डोकले पछिल्लो घटनाक्रममा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।
तर, उनले गत महिना स्मिथसँगको इन्गेजमेन्टको घोषणा गरेका थिए । गत वर्ष क्यालिफोर्नियामा भएको एक कार्यक्रममा दुवैको भेट भएको थियो ।
मार्चमा नै रुपर्ट मर्डोकले आफ्नो एउटा प्रकाशन न्युयोर्क पोस्टलाई भनेका थिए, “म प्रेममा पर्नदेखि डराएको थिएँ, तर मलाई थाहा थियो यो मेरो अन्तिम प्रेम हो। यो राम्रो छ। म खुसी छु।”







डिसी नेपाल







Facebook Comment