आज राजस्थान र पञ्जाब भिड्दै, आइपिएलका सबैभन्दा महंगा खेलाडी मैदानमा

डिसी नेपाल
२२ चैत २०७९ १६:५८
1.8k
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग २०२३ सिजनमा आज राजस्थान रोयल्स र पञ्जाब किंग्स बीचको खेल हुनेछ। यो खेल साँझ ७:४५ बजेदेखि गुवाहाटीस्थित बार्सपारा क्रिकेट रंगशालामा हुनेछ । यी दुवै टोलीको यो दोस्रो खेल हुनेछ ।

आफ्नो पहिलो खेलमा पञ्जाब र राजस्थान विजयी भएका छन् । अब दोस्रो खेलमा पञ्जाबका कप्तान शिखर धवन र राजस्थानका कप्तान सञ्जु सामसन बलियो प्लेइङ–११ लिएर मैदान उत्रनेछन् । यो खेलमा आईपीएल इतिहासका सबैभन्दा महँगा खेलाडी साम करन पनि खेल्ने छन् ।

आइपिएल २०२३ को मिनी-लिलामीमा पञ्जाब किंग्सले अंग्रेजी फास्ट बलिङ अलराउन्डर साम करनलाई १८.५० करोडको बोलीमा किनेको थियो। यो सिजन साम करनको दोस्रो खेल हो। पछिल्लो खेलमा उनले तीन ओभर बलिङ गरे, जसमा उनले ३८ रन दिएर एक विकेट मात्र लिएका थिए।

राजस्थानको टोलीले पहिले ब्याटिङ सुरु गरेमा देवदत्त पडिक्कललाई प्लेइङ इलेभेनमा समावेश गर्न सक्छ । यदि पहिले बलिङ गर्नुपरेमा भने पडिक्कलको स्थानमा सन्दीप शर्मा वा मुरुगन अश्विनलाई मौका मिल्न सक्छ । ती दुबैलाई इम्प्याक्ट प्लेयरको रूपमा पनि प्रयोग गर्न सकिन्छ।

त्यसैगरी पञ्जाबको टोलीले पनि पहिले ब्याटिङ गरेमा भानुका राजपाक्षेलाई प्लेइङ ११ मा मौका मिल्न सक्छ । तर पहिले बलिङ गरेका उनको स्थानमा ऋषि धवनलाई मौका दिन सकिन्छ । यी दुबैलाई इम्प्याक्ट प्लेयरको रूपमा पनि प्रयोग गर्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *