एनसेनलाई सरकारी स्वामित्वमा आउन नदिन सेटिङमा कानुन फेर्ने तयारी भइरहेको एमालेको आरोप (भिडियो)

डिसी नेपाल
२३ चैत २०७९ १६:२७

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारको सय दिन उपलव्धीविहिन भएको जनाएको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमाले सांसद रघुजी पन्तले सय दिनको अवधिमा सरकारलाई समेत पूर्णता दिन नसकेको भन्दै भ्रष्टाचार बढ्नेबाहेक कुनै उपलव्धी नभएको बताएका हुन्। वर्तमान सरकार नीतिहिन, सिद्धान्तहिन बिचारहिन र कार्यक्रमहिन भएको उनले बताए।

उनले जनताले व्यवहारमा सरकार छ भन्ने अनुभव नै गर्न नसकेको धारणा राखे । वर्तमान सरकारले कुनै निकास दिन नसक्ने भन्दै कति पटक प्रधानमन्त्री बन्नुभयो भन्ने कुरा प्राथमिक हुन नसक्ने उनको भनाइ छ।

उनले एनसेनलाई सरकारी स्वामित्वमा आउन नदिनका लागि दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गर्न मस्यौदा तयार भइरहेको आरोप लगाए। उनले सरकारसंग सम्बन्धी प्रश्नैप्रश्न रहेपनि प्रधानमन्त्रीले कुनै जवाफ दिन नसकेको तर्क गरे

उनले अर्ब नाफा भइरहेको कम्पनीलाई सेटिङमा कानुन फेरेर सरकारको स्वामित्वमा नल्याउने कुरा भइरहेको र यहि नै सरकारको १०० दिनको उपलव्धी भएको जिकिर गरे।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *