भावनाको ‘उडी उडी आ सुवा’मा शिल्पा र चक्र बम

डिसी नेपाल
२४ चैत २०७९ १०:४३

काठमाडौं। गायिका भावना आचार्य र गायक तथा ईन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘उडी उडी आ सुवा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ।

विकल तिरुवाको शब्द रहेको सार्वजनिक गीतमा ध्रुव बिस्कोको संगीत रहेको छ भने नरेन्द्र वियोगीको एरेन्ज रहेको छ। जसमा किशोर थापाको मिक्सिङ र मास्टरिङ रहेको छ।

प्रेम र रोमान्सले भरिएको एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई निर्देशक बिक्रम चौहानले कलात्मक शैलीमा भिडियोमा देखाएका छन्। जसमा नायिका शिल्पा पोखरेल र मोडल चक्र बमको अभिनय रहेको छ।

राजाराम सिंखडाको कोरियोग्राफी रहेको गीतको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन र कलरिङ मिन विश्वकर्माले गरेका हुन्। भिडियो इनाक्षी इन्टरटेनमेन्ट मार्फत बजारमा आएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *