लेसेलाई हराउँदै नेपोली उपाधि नजिक
काठमाडौं। इटालियन सिरी ए मा नेपोलीले लेसेलाई २-१ ले पराजित गरेको छ। शुक्रवार भएको खेलमा २-१ ले विजयी भएको नेपोली उपाधितर्फ लम्किएको छ।
शुक्रबार लेसेको घरेलु मैदानमा पहिलो हाफमा जियोभानी डि लरेन्जोले १८औं मिनेटमा गोल गर्दै नेपोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
दोस्रो हाफको सुरुवाती ५२औं मिनेटमा घरेलु टोली लेसेका लागि फेडेरिको डि फ्रान्सेस्कोले गोल फर्काए पछि पछि खेल बराबरी हुन पुग्यो। ६४औं मिनेटमा लेसेकै एन्टोनियो गाल्लोले आत्मघाती गोल गरेपछि थप गोल निस्कन नसक्दा नेपोली २-१ को अन्तरले खेल जित्न सफल भयो।
आइतबार एसी मिलानसँग ४-० ले पराजित नेपोली यस जितपछि २९ खेलबाट ७४ अंक जोडन सफल भएको छ। नेपोलीले अब लिगका बाँकी ९ मध्ये ४ खेल जितेमा उपाधि पक्का गर्नेछ भने पराजित लेस २७ अंक जोडेर १६औं स्थानमा छ।
यस जितसँगै शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो स्थानको लाजियोमाथि १९ अंकको अग्रता बनाएको छ। पछिल्लो पटक डिएगो म्याराडोनाको पालामा १९९० मा लिग उपाधि जितेको नेपोलीले ३३ वर्षपछि फेरि लिग जित्ने तयारीमा छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment