पौने तीन लाख नक्कली नोटसहित सर्लाहीमा एक युवा पक्राउ

डिसी नेपाल
२६ चैत २०७९ ७:१३

सर्लाही। सर्लाहीमा नक्कली नोटसहित एक युवा पक्राउ परेका छन्। सर्लाही प्रहरीले पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित बलरा नगरपालिका-५ अर्नाहाका ३० वर्षीय रामप्रसाद रायलाई पक्राउ गरेको हो।

बरहथवा नगरपालिका-१७ स्थित बागमती सिँचाइ नहरमा नक्कली नोट लिएर हिडिरहेको अवस्थामा रायलाई पक्राउ गरिएको सलार्ही प्रहरीका डिएसपी तथा प्रवक्ता डीएसपी कैलाश राईले जानकारी दिए। उनका अनुसार पक्राउ रायका साथवाट १ हजारका २ लाख ६८ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको हाे।

प्रहरीले राय सवार भारतीय नम्बर प्लेटको बीआर ३० एम ३८२५ नम्बरको मोटरसाइकलसहित अर्को भारतीय नम्बर प्लेटको गरी दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *