बलात्कारको आरोपमा ओखलढुंगामा ६० वर्षेनी वृद्ध पक्राउ

डिसी नेपाल
२६ चैत २०७९ ८:३७
192
Shares

ओखलढुङ्गा। जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले  ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ। जबरजस्ती करणी गरेको आरोपमा मानेभन्ज्याङ गाउँपालिका–२ का ६० बर्षिया गोपाल कटुवाललाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक देबेन्द्र दासका अनुसार एक २४ वर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरेको हो। बलात्कृत भनिएको युवतीको उजुरीको आधारमा कटुवाललाई पक्राउ परेका हुन्।

पक्राउ परेका कटुवाल माथी सोधपुछ जारी रहेको र उक्त घटनाका विषयमा थप अनुसन्धान गर्नु परेकाे भन्दै अदालतको म्याद थप गरेर उनलाई हिरासतमा राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *