कलेजोसम्बन्धी रोग लागेमा यसरी बच्न सकिन्छ

डिसी नेपाल
२६ चैत २०७९ ११:५१

काठमाडौं । कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो। कलेजोको मुख्य काम रगतमा रासायनिक स्तर नियन्त्रण गर्नुका साथै पित्त नामक महत्त्वपूर्ण पाचन तरल पदार्थ उत्पादन गर्नु हो। यसबाहेक रगत सफा गर्ने र ग्लाइकोजेन नामक चिनीको रूपमा ऊर्जा भण्डारण गर्ने काम पनि कलेजोले गर्छ।

अब सोच्नुहोस् तपाइको शरीरको यस्तो अत्यावश्यक अंग बिग्रियो भने ? कलेजोमा क्षति हुने समस्याले मानिसको ज्यान समेत लिन सक्छ । यदि यसको लक्षण समयमै पहिचान गरी उपचार सुरु गरियो भने कलेजोलाई क्षति हुनबाट बचाउन सकिन्छ । कुन–कुन लक्षणका आधारमा यो पहिचान गर्न सकिन्छ, साथै यो गम्भीर समस्याबाट बच्न के उपायहरू अपनाउन सकिन्छ जानौं।

कलेजो फेल हुनु भनेको यसले आफ्नो काम ठीकसँग गर्न नसक्नु हो। यो एक आपतकालीन अवस्था हो। यस्तो अवस्थामा बिरामीलाई तत्काल चिकित्साको ध्यान वा रेखदेख चाहिन्छ। विज्ञहरूका अनुसार केही लक्षणका आधारमा कलेजो खराब भएको पहिचान गरी रोकथामका उपाय अपनाउन सकिन्छ भन्छन् । कलेजो खराब हुँदा रगत बान्ता, थकान, जन्डिस हुनुका साथै लगातार तौल घट्ने जस्ता समस्याहरू आउन थाल्छ। यस्ता समस्या देखिएपछि चिकित्सकसँग तुरुन्त सम्पर्क गर्नुपर्छ ।

कलेजो खराब हुने कारणः
सामान्यतया हेपाटाइटिस बी, कलेजो सिरोसिसजस्ता रोग लागेका व्यक्तिलाई कलेजो खराब हुने जोखिम बढी हुन्छ । यसबाहेक मदिरा वा केही औषधिको अत्याधिक सेवनले कलेजोमा क्षति पुग्ने डर हुन्छ । विज्ञहरूका अनुसार कलेजोमा क्षति पुग्ने समस्या निको हुन एक वर्षभन्दा बढी समय लाग्न सक्छ । कलेजो कमजोर भएपछि अवस्था गम्भीर बन्दै जाने गर्दछ ।

कलेजोसम्बन्धी रोग लागे कसरी बच्न सकिन्छ ?:
कलेजोसम्बन्धी रोग लागेको वा कलेजो खराबीको लक्षण देखिएका व्यक्तिहरूले सबैभन्दा पहिले मदिरा सेवन नगर्न चिकित्सकहरूले सल्लाह दिन्छन्। यसबाहेक यस्ता बिरामीलाई उच्च रक्तचाप र मधुमेह नियन्त्रण गर्न सल्लाह दिइन्छ। यस्ता बिरामीलाई खानामा नुनको मात्रा कम गर्नुका साथै रातो मासु, चिज र अण्डाको सेवन कम गर्न सल्लाह दिइन्छ ।

– समय समयमा हेपाटाइटिस ‘बि’ जाँच्नुपर्छ।

–कलेजोमा बोसो जम्ने समस्या छ भने मोटोपन नियन्त्रण गर्नुपर्छ।

–डाक्टरको सल्लाह बिना औषधि कहिल्यै खानु हुँदैन र पानी सकेसम्म उमालेर वा राम्ररी शुद्धीकरण गरेर मात्र खानाले पनि यसबाट बच्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *