एलिना चौहानको स्वरमा ‘मायाको दलाली’ सार्वजनिक

डिसी नेपाल
२६ वैशाख २०८१ २२:१०
16
Shares

काठमाडौं। लोकप्रिय गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘मायाको दलाली’ सार्वजनिक भएको छ। गणेश अधिकारीको शब्द, नवीन कार्कीको संगीत, विशाल निरौलाको एरेञ्ज र मिक्सिङ–माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

गौरव गिरीको निर्देशन रहेको गीतको भिडियोमा क्रिष्टिना रेग्मी जिबी चिरन, राज कुमार,भावना क्षेत्री, विपना बुढाथोकी साजन दिवाले, फिचर्ड छन्। भिडियोमा मायामा घात कसरी हुन्छ, एक अर्काको विश्वासलाई कसरी तोड्न सक्छन् भन्ने कुरा कलाकारिताको माध्यम बाट देखाइएको छ।

यही गीत बाट डेब्यु गरेकी मोडेल क्रिष्टिना रेग्मीको काम लाई दर्शकहरुले मन पराएका छन्। लामो समय देखि कलाकारिता क्षेत्रमा काम गर्दै दर्शकहरुको मन जितिरहेका मोडेल जिबी सँगै क्रिष्टिना पनि फीट देखिएकी छिन्। दीपक गिरीको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन दीन्सन शाहले गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *