महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

डिसी नेपाल
२८ चैत २०७९ ९:५७
216
Shares

काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (चैत २८ गते) अन्तिम दिन रहेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्नेछ। जसअनुसार १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ।

यस संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत २९ गते बुक क्लोज गर्दैछ। तसर्थ, यस कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्नेछ।

लाभांश पारित गर्न यस संस्थाको वार्षिक साधारण सभा वैशाख ९ गते बस्दैछ। सभामा अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने छ।

यता, प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश हुने एजेन्डा रहेको कम्पनीले जानाएको छ। साधारण सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *