एफएनसीसीआईको चुनावी मैदानमा उत्रिए युवा उद्यमी गोयल
काठमाडौँ। एफएनसीसीआईको निर्वाचनका लागि महासंघ एशाेसिएट तर्फबाट केन्द्रीय सदस्यमा गोयल ग्रुपका कार्यकारी निर्देशक चिराग गोयलले उम्मेदवारी दिएका छन्।
गोयलले युवाहरुलाई व्यवसायमा आउनका लागि प्रेरणा दिनका लागि पनि आफूले उम्मेदवारी दिएको बताउँदै आएका छन्। निजी क्षेत्र र सरकारबीच आवश्यक समन्वय गरेर समस्या समाधान गर्नका लागि आफूले महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनको भनाई छ ।
एकदशकदेखि व्यवसायिक क्षेत्रमा लागिरहेका उनी निर्माण, खानी तथा सूचना प्रविधिमा आवद्ध रहेका छन्। गोयल भन्छन् – नाफाका लागि सबैले काम गर्छन तर राज्यको विकासका लागि हामीले सोच्नु पर्छ।
एफएनसीसीआईको निर्वाचनका लागि उम्मेदवारकारुपमा उत्रिएका उनी नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाईईएफ)को काठमाडौं च्याप्टरको अध्यक्ष समेत हुन्। उनको मुख्य एजेन्डा युवाहरूलाई उद्यमशीलतामा प्रवर्द्धन गर्नु र उद्यमशीलताको बाटो लिन चाहने महिलाहरूलाई सहयोग प्रदान गर्ने रहेको छ।
चैत २९ गतेको निर्वाचनपछि उद्योग बाणिज्य महासंघले नयाँ नेतृत्व पाउँदै छ। आगामी कार्यकालको लागि महासंघको चुनावमा नयाँ पुस्ता पनि आकांक्षी देखिएका छन्।








डिसी नेपाल







Facebook Comment