५० लाखसम्मको कर्जामा अग्रिम भुक्तानी गरे शुल्क लिन नपाइने

डिसी नेपाल
२८ चैत २०७९ १६:१०
888
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ५० लाख रुपैयाँसम्मको कुनै पनि कर्जा तोकिएको समय भन्दा पहिले नै चुक्ता गर्दा अग्रिम भुक्तानी शुल्क लिन नपाइने भएको छ।

नेपाल राष्ट्र बैंकले यस्ता कर्जा अग्रिम भुक्तानी गर्दा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा वा लिने जानकारी दिएमा गुनासो दर्ता गर्न आग्रह गरेको छ।

सुरूमा बैंककै गुनासो शाखामा गुनासो राख्न र सुनुवाइ नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गराउनसमेत नेपाल राष्ट्र बैंकले आग्रह गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *