मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँड हुँदै

डिसी नेपाल
२९ चैत २०७९ ९:२२
984
Shares

काठमाडौँ।  मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आज (बुधबार) बाँडफाँड हुने भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बुधबार दिउँसो १ः३० बजे आइपिओ बाँडफाँड हुने जनाएको छ।

कम्पनीको उक्त आइपिओमा१३ लाख २५ हजार ८४७ आवेदकले कुल १ करोड ४७ लाख ३५ हजार ५३० कित्ताको लागि आवेदन परेका छन्। यस आइपिओमा माग भन्दा ११.०३ गुणा बढी आवेदन परेको हुनाले गोलाप्रथामार्फत बाँडफाँट हुनेछ । जसमा १ लाख ३३ हजार ७३० जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानी २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। यो आईपीओमा करिब १२ लाख आवेदकको हात खाली हुने देखिन्छ।

कम्पनीले गत चैत १९ गतेदेखि चैत २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल १४ लाख ४९ हजार ४०० रुपैयाँ आईपीओ बिक्री गरेको छ। जसमा ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *