दुई लघुवित्तसहित तीन कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।
बुधबारको कारोबारमा आदर्श लघुवित्त वित्तीय संस्था, खप्तर्ड लघुवित्त वित्तीय संस्था र कलिञ्चोक दर्शनको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी तीन वटै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सर्किट लागेको हो।
आदर्श लघुवित्तको सेयर भाउ १ सय ७ रुपैयाँ ५० पैसाले बढेर १ हजार १ सय ८२ रुपैयाँ ५० पैसा र खप्तर्ड लघुवित्तको सेयर भाउ ८२ रुपैयाँले बढेर ९ सय ०२ रुपैयाँ ३० पैसा पुगेको छ।
यस्तै, कलिञ्चोक दर्शनको सेयर भाउ ४१ रुपैयाँ ४० पैसाले बढेर ४ सय ५६ रुपैयाँ २० पैसा पुगेको छ। मार्केड डेप्थमा हेर्दा कम्पनीको सेयर बिक्री भन्दा खरिद माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment