बैंकहरुले  ब्याजदर घटाउने निर्णय गरेसँगै सेयर बजारमा उछाल, ९२.२२ अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
२९ चैत २०७९ १५:०९
264
Shares

काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयरमा उछाल आएको छ। बैंकहरुले  ब्याजदर घटाउने निर्णय गरेसँगै सेयर बजारमा उछाल आएको हो।

मंगलबार नेप्से परिसूचक ९२.२२ अंकले बढेर १९६३.५५ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १८.२५ अङ्कले बढेर ३७३.७१ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६७ कम्पनीको ६१ लाख ७ हजार ४२५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९७ करोड ६० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज ११ करोड ७१ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै एनआईसी एशिया बैंक र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसुचक बढेर हरियाली छाएको छ। आजको सिद्धार्थ इक्युती फण्ड र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एभरेष्ट बैंक र सिभिल बैंक ऋणपत्रका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *