वस्तुगत उपाध्यक्षमा उमेशलाल समूहका हेमराज ढकाल निर्वाचित

डिसी नेपाल
३० चैत २०७९ ७:५५

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन्।

बुधबार सम्पन्न चुनावबाट उनी निर्वाचित भएका हुन्। उनी उमेशलाल समूहबाट उमेदवार बनेका थिए। उनले ६१ मत ल्याएर वियजी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ मत ल्याए। तेस्रो सुकुन्तलाल हिराचनले सात मत ल्याए। प्रधान अञ्जन श्रेष्ठको प्यानलबाट र हिराचन रामचन्द्र संघाईको प्यानलबाट प्रत्यासी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *