एशोसिएट उपाध्यक्षमा संघाई प्यानलकी ज्योत्सना विजयी

डिसी नेपाल
३० चैत २०७९ १०:१९
280
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छन्। बुधबार सम्पन्न महासंघको चुनावबाट उनी निर्वाचित भएकी हुन्।

उनी रामचन्द्र संघाई समूहबाट उम्मेदवार बनेकी थिइन्। श्रेष्ठले आफ्ना निकटम प्रतिस्पर्धी भरतराज आचार्यलाई ६५ मतान्तरले पराजित गरेकी हुन् । कूल १ हजार ६५० मत खसेकोमा श्रेष्ठले ८४६ र आचार्यले ७८१ मत पाएको निर्वाचन समितिले जनाएको छ।

त्यस्तै, जिल्ला नगर उपाध्यक्षमा संघाई प्यानलकै सुरकृष्ण श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *