नेपाल रेमिट र कृषि विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

डिसी नेपाल
३० चैत २०७९ १६:००
28
Shares

काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र कृषि विकास बैक लि. बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र कृषि विकास बैक लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङले हस्ताक्षर गरे ।

विगत १७ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा कामगर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. तथा देश भरी तीनसय वटा भन्दा वढी शाखा कार्यालय र थुप्रै एक्स्टेन्सन काउन्टर मार्फत बैँकिङ्ग सेवाहरु जस्तै क्यूआर कोड सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आइपिएस, ईन्टरनेट बैंकिङ आदि सेवाहरु समेत प्रदान गर्दै आएको कृषि विकास बैक लि. बीचको सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका विभिन्न स्थानहरुबाट बैँकिङ्ग च्यानलमार्फत पठाएको रकम देशका ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैँकको शाखा कार्यलय मार्फत सरल तरिकाबाट प्राप्त गर्न सक्नेछन् ।
यसका साथै कृषि विकास बैक लि. सँगको सम्झौता सँगै नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. ले अब देशभर १२००० भन्दा बाढि स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्नेछ।

डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिने नेपाल रेमिटले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैँक तथा वित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।

जसबाट नेपालमा रेमिट्यान्स भित्राई देशको अर्थतन्त्र सुदृढीकरणमा समेत टेवा पुग्ने गर्दछ । यस सम्झौता संगै विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजीकरण हुने साथै यसले नेपालमा रेमिट्यान्स भित्र्याउन समेत टेवा पुर्याउने नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का नायव महाप्रबन्धक देवबहादुर थापाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *