अमेरिकी डलरको भाउ घट्दा, युरोको उकालो

डिसी नेपाल
१ वैशाख २०८० ८:३७
60
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ। शुक्रबार अमेरिकी डलर ३६ पैसाले घटेर यसको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम गरिएको छ। यसअघि बिहिबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ ३ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ६३ पैसामा कारोबार भएको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरोमा उकालाे लागेको छ । युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ र बिक्रीदर १४४ रुपैयाँ ६६ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ७९ पैसाले बढेको हो । बिहिबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ८७ पैसा कायम गरिएको थियो।

शुक्रबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा तोकिएको छ। यो मूल्य बिहिबारको तुलनामा ७५ पैसाले बढेको हो। बिहिबार यसको खरिदमूल्य १६२ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ४४ पैसा कायम गरिएको थियो।

त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ३२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९८ रुपैयाँ २ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९३ पैसा कायम गरिएको छ।

शुक्रबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६९ पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसामा पाइनेछ।

उता, कुवेती दिनार एकको खरिदमा शुक्रबार ४२६ रुपैयाँ ७५ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ७१ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ २१ पैसा तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *