विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब

डिसी नेपाल
१ वैशाख २०८० ८:४०
104
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८०को फागुनसम्ममा कुल विदेशी विनिमय सञ्चिति सुविधाजनक स्थितिमा रहेकोले बाह्य क्षेत्र सुदृढ भएको जनाएको छ।

केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तीय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य सुधार भएको जनाएको हो।

केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तीय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.२० प्रतिशतले वृद्धि भई २०७९ फागुन मसान्तमा १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १२.१० प्रतिशतले वृद्धि भई १० अर्ब ६९ करोड कायम भएको छ।

उक्त विदेशी विनिमय सञ्चितिले १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको बैंकले जानाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *